उदयपुरमा जबर्जस्ती करणी गर्न खोज्ने एक युवा पक्राउ

गाईघाट । उदयपुरमा स्थानीय एक युवतीलाई हातपात गरेको आरोपमा एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका १२ डिएम गेट बस्ने बर्ष २५ को मुस्ताक अली रहेको छ ।

उनलाई एकान्त ठाउँमा स्थानीय एक युवती माथी हातपात गरेको आरोप छ । अलीको अक्रमणबाट युवतीको संबेदनसिल अंगदेखि शरीरको बिभिन्न भागमा चोटपटक लागेको प्रहरीको भनाई छ ।

प्रहरीको भनाई अनुसार पक्राउ गर्ने क्रममा अलीको साथबाट एउटा फलामको रड समेत फेला परेको छ । मादक तथा नसालु पदार्थ सेवन गरेको अलीले आफुलाई जबर्जस्ती करणी गर्ने शैलिले आक्रमण गरेको पीडित महिला बताउछन् ।

पीडितले बताएअनुसार गत बिहिबार साँझा स्थानीय व्यायामशालाबाट फर्कने क्रममा अलीले आक्रमण गरेको थियो । हाल अलीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा रहेको छ ।

भिडियोः

Facebook Comments