उदयपुरमा सशस्त्र प्रहरीद्धारा रक्तदान

उदयपुर । २३ औँ सशस्त्र प्रहरी दिवसको पुर्वसन्ध्यामा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रगतदान गरेका छन् । सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ गण हेडक्वाटर उदयपुरले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अनुरुप सोमबार रक्तदान गरिएको हो ।

संगठनले बर्षेनी आफ्नो स्थापना दिवस मनाउनेक्रममा रक्तदानसँगै अन्य खेलकुद र सामाजिक गतिबिधि सञ्चालन गर्दै आएको कार्यालय प्रमुख एसपी अशोककुमार शाक्यले बताए । उनका अनुसार दिवसको अवसरमा मंगलबार सप्ताहाव्यापी कार्यक्रम अन्र्तगत भएका सबै प्रतियोगिता विजेतालाई पुरस्कृति गरिने छ ।

रगतको अभावमा कोहि पनि विरामीको ज्यान नजाओस भन्ने हेतुले संगठनले विगत बर्षमा झै रक्तदान कार्यक्रम गर्दै आएको एसपी शाक्यले बताए । नेपाल रेडक्रस सोसाईटी र स्वास्थ्य कार्यालय उदयपुरको प्राबिधिक सहयोगमा सञ्चालित रक्तदानमा प्रहरी नायव उपरीक्षक डिएसपी होमनाथ भट्टराईले पहिलो रगतदान गरेका थिए ।

भिडियोः

Facebook Comments