बनको वेथिति बारे भिडियो खिच्दा कार्यालय प्रमुखबाट रोक

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से स्थित बरुवा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरुले राजिनामा दिएका छन् । उनिहरुले राजिनामा दिएपछि वडा कार्यालाय र डिभिजन बन कार्यालय गाईघाटमा बोधार्थ बुझाएका थिए ।

बोधार्थ बुझाउने क्रममा डिभिजन बन कार्यालय गाईघाटका प्रमुख डा. ईन्द्र प्रसाद सापकोटाले पत्रकारलाई भिडियो खिच्न रोक लगाएका थिए । रोक लगाएपछि प्रमुख, पत्रकार र उपस्थितिहरु बिच केही समय बिवाद समेत भएको थियो । संस्थाका पदाधिकारी र सदस्यहरुले अध्यक्ष भगवति घिमिरेको असक्षमताको कारण राजिनामा दिनुपरेको बताउदै आएका छन् ।

Facebook Comments