अपाङ्गताहरुको पारा खेलकुद सुरु, फुटवलमा सुनसरी विजयी

गाईघाट । जिल्लामा पहिलोपटक आयोजना गरिएको प्रदेश स्तरीय पारा खेलकुदअन्र्तगत फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी विजयी भएको छ । अपाङ्गता भएका व्यक्तिहरु सहभागिता रहेको प्रतियोगिताको शुक्रबार भएको उद्घाटन खेलमा सुनसरीले धनकुटालाई ५–० ले पछि पार्यो । जितसँगै सुनसरी फाईनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातीचरणदेखि नै दवावमा राखेको सुनसरीले अन्तिम समयसम्म आक्रमकसाथ मैदानमा उत्रियो । जितका लागि सुनसरीका १० र २१ औँ मिनेटमा उज्वल राईले गोल गरे । त्यस्तै १७ औँ मिनेटमा कुसुम बुढाथोकीले थप १ गोल गरे । निर्धारित ५० मिनेटको खेलको दोस्रो हाफको ५ औँ र १० औँ मिनेटमा कप्तान रोहन खड्का र सुजन यायोख्खाले १÷१ गोल गरी टिमलाई ५ गोलको अग्रताले अघि बढाए ।

प्रतियोगिताको दुबै टिमतर्फ वहिरा खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताअन्र्तगत शनिबार बिहान हुने पहिलो खेलमा उदयपुरले मोरङ्गको सामना गर्नेछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको अन्तिम दिन दृष्टिविहीनहरुको डोरी दौड प्रतियोगिता हुने जिल्ला पारा खेलकुद विकास संघका अध्यक्ष चेतबहादुर खड्काले बताए ।

प्रतियोगितामा प्रदेशनंम्बर १ का ६ जिल्ला उदयपुर, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम र झापा जिल्लाका अपाङ्गता भएका खेलाडीको उपस्थिति रहेको छ । ‘१ नम्बर प्रदेशको शान अपाङ्गता भएकाहरुको पहिचाना भन्ने मुलनाराकासाथ सुरु भएको प्रतियोगिताको सहयोग सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेस सांसद बिमल कार्कीले फरक क्षमता भएका व्यक्तिहरुको प्रतिभालाई राज्यले सम्मान गर्ने बताए । उनले अपाङ्गता भएर पनि आफ्नो कला र क्षमतामा सपाङ्गता भन्दा कम नरहेको बताए ।

भिडियाः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *