



रौतामाई । उदयपुरको रौतामाई गाउँपालिकाका तीन बिद्यालयले लागुपदार्थ दुव्र्यसन नियन्त्रणका लागि अभियान थाल्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सेतो गुँरास बाल विकास सेवा उदयपुरको सञ्चालन गरेको लागुपदार्थ दुव्र्यसन विरुद्ध तथा लैगिंक हिंसा न्युनिकरण बिषयक सचेतना कार्यक्रममा वडा नम्बर २ को भुट्टार, ४ को सल्ले र ७ को मुर्कुची बिद्यालयका सरोकारवाला व्यक्तिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले राष्ट्रनिर्माणका सम्भावना बोकेका युवायुवती सानै उमेरमा लागुऔषधको कुलतमा फसेर राष्ट्रलाई कमजोर बनाउँदै गएको बताईन् । उनले पछिल्लो समय बढ्दै गएको लागुऔषध कारोवार यहीँ हिसावले बढ्ने र नियन्त्रणमा ध्यान नदिने हो भने मुलुक जर्जर अबश्थामा पुग्ने बताईन् ।
उनले लागुऔषध सहरबजारमा कडाई गरेसँगै कारोबारीहरु गाउँघर प्रवेश गरेको भन्ने सुन्नमा आएकाले नियन्त्रणका लागि गाउँपालिकाले बिद्यालय, युवा, बालक्लव, आमा र किशोरी समुहमार्फत अभियान नै सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा माध्यमिक बिद्यालय मुर्कुचीका प्रधानाध्यापक खड्गबहादुर थापा मगरले लागुऔषध नियन्त्रण र भित्रिन नदिन बिद्यालय प्रशासन सचेत रहेको बताए ।
उनले न्युनिकरणका लागि बिद्यालय प्रशासनले कार्यक्रम सञ्चालन गर्ने बताए । त्यसैगरी माध्यमिक बिद्यालय सल्लेका प्रधानाध्यापक लक्ष्मी घिमिरेले लागुऔषध सेवनले बालबालिकामा नकारात्मक असर पुर्याएकाले यसबाट वच्नका लागि सबैको दायित्व रहेको बताए । उनले समाज राष्ट्रको विकासका लागि बाधक बनेको लागुऔषधको जरैदेखि उन्मुलन गर्नु पर्ने बताए ।
त्यस्तै मावि सल्लेका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त राईले परिवर्तनका संम्वाहक बालबालिकाको जीवनमाथि भएको खेलवाड क्षम्य हुने खालको नभएकाले लागुऔषध कारोबारीको अन्त्यका लागि स्थानीय प्रशासन र सरकारले भुमिका निर्वाह गर्नु पर्ने बताए ।
कार्यक्रममा अभियान सञ्चालन भएका रसुवा माध्यमिक बिद्यालय भुट्टार, मा.वि. मुर्कुची, मा.बि. सल्लेका बिद्यालयका शिक्षक, अभिभावक, व्यवस्थापन समिति, जनप्रतिनिधिहरुले लागुऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा लागुपदार्थ दुव्र्यसन सम्बन्धि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी सहायक निरीक्षक गंगाराम राई, लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धि गैसस महासंघका केन्द्रिय सदस्य तथा सेतो गुँरासका अध्यक्ष महेश्वरी राई, महासंघका प्रदेशनं १ का कोषाध्यक्ष दुर्गानन्द चौधरी लगायतले सहजिकरण गरेका थिए ।