



उदयपुर । विद्युत बनाउने क्रममा करेन्ट लागेर मंगलबार एक विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने त्रियुगा नगरपालिका १० बोक्से घरभई विद्युत प्राधिकरण गाईघाटमा कार्यरत बर्ष ५२ को रामकृष्ण राजधामी रहेका छन् ।
उनको त्रियुगा नगरपालिका ८ बाघचौरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार विद्युतको पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर उनि भुईमा खसेको थियो ।
भुईमा खसेको उनलाई घाईते अवस्थामा जिल्ला अस्पताल ल्याएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । अहिले उनको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।
Facebook Comments