



उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७, जोगीटोलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घना सोमबार दिउँसो करिब ४:२० बजे काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०५६१ नम्बरको ट्रकले पैदल यात्री रौतामाई गाउँपालिका ७बस्ने बर्ष ७२ को टंक बहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएका छन् । प्रहरीले जनाएअनुसार दुर्घटनामा दोलखाको कालिन्चोक गाउँपालिका–४ बस्ने बर्ष ४० को ट्रकका सहचालक गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर राखिएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ बस्ने बर्ष ५४ को ट्रक चालक नवराज राउत सकुशल रहेको छ । हाल थप अनुसन्धानको लागि जिल्ला प्रहरी उदयपुरमा राखिएको छ ।
Facebook Comments