अपांगता भएका बालबालिकाको लागि उदयपुरमा सहायक सामग्री नापजाँच शिविर (फोटो सहित)

त्रियुगा । अपांगता भएका बालबालिकाको समावेशी विकास सुनिश्चित गर्न उदयपुरमा सहायक सामग्री नापजाँच शिविर सम्पन्न गरिएको छ । कार्यक्रम जाल्पा एकीकृत विकास समाजको आयोजना, सि.वि.आर विराटनगरको प्राविधिक सहयोग र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो ।

शिविरमा उदयपुरगढी, रौतामाई र ताप्ती गाउँपालिकाबाट ५ देखि १७ वर्ष उमेर समूहका ९ जना बालबालिकाहरू सहभागी रहेका छन् । उनीहरूलाई चेकजाँचपछि आवश्यक शारीरिक सहायक सामग्रीहरु मध्ये ह्वीलचेयर, वाकर, श्रवण यन्त्र, चस्मा जस्ता सामाग्री उपलब्ध गराइने जाल्पा एकीकृत विकास समाज कार्यक्रम अधिकृत रुद्र पोखरेलले बताए ।

अधिकृत पोखरेलका अनुसार जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा रहेका अपांग बालबालिकाको पहिचान र मूल्याङ्कनगरि यस्ता शिविरहरु प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी देखिन्छ । कार्यक्रमले विकासको मूल धारा बाट पछाडि पारिएका अपांग बालबालिकाहरूलाई समेट्ने प्रयास गरेको हुँदा यसको प्रभाव दीर्घकालीन हुने अपेक्षा गरिएको छ ।

भिडियो:

Facebook Comments