



त्रियुगा । नेकपा माओवादी केन्द्र निकट युवा संगठन ‘योङ कम्युनिस्ट लिग’ (वाईसीएल) नेपाल त्रियुगा नगर कमिटीको नयाँ नेतृत्वमा विशाल राई चयन भएका छन् । जिल्ला पार्टी समन्वय समितिको हालमा शुक्रबार सम्पन्न तेस्रो नगर अधिबेशनले राईलाई अध्यक्ष पदमा चयन गरेका हुन् ।
उनको अध्यक्षतामा ३३ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको निवार्तमान उपाध्यक्ष बिनोद राईले बताए । उपाध्यक्ष राईका अनुसार उपाध्यक्षमा मधु थापा, पुजना राई र सोम कुमार मगर चयन भएका छन् । कमिटीको सचिवमा मणिकुमार राई सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी कमिटीको सह–सचिवमा हिमा राई, तेजनारायण थापा मगर र पुष्प लाल न्यौपाने चयन भएका छन् । यसैगरी कमिटीको कोषाध्यक्षमा शंकर शाह चयन भएका छन् । हाल ३३ सदस्यीय नगर कमिटी गठन भएपनि आउदो बैठकले अन्य सदस्यहरु मनोनयन गरी थप ५१ सदस्य निर्माण गरिने नवनिर्वाचित अध्यक्ष विशाल राईले बताए ।
कार्यक्रममा वाईसीएल नेपाल केन्द्रीय उपमहासचिब एविराज राई, प्रदेश नम्बर १ का पूर्वमन्त्री एवम् सांसद् नारायण बुर्जा मगर, सम्झना तामाङ, पार्टी प्रदेश कमिटी सदस्य एवम् त्रियुगा ईन्चार्ज बिमल किराती, सह–ईन्चार्ज नरबहादुर कार्की, प्रेस सेन्टर नेपाल केन्द्रीय सचिवालय सदस्य गजेन्द्र राई लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

भिडियोः