उदयपुरमा भएको ट्रक दुर्घटनामा एक जना गम्भिर घाइते


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरे जंगलस्थित सडक खण्डमा शुक्रवार दिउँसो एक ट्रक दुर्घटनामा परेर चालक घाइते भएका छन् । लहानबाट गाईघाटतर्फ जाँदै गरेको प्र.२-०१-००१ ख ००४५ नम्बरको मालवाहक ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले जनाएअनुसार दुर्घटनामा ट्रक चालक सिराहाको लहान नगरपालिका–३ निवासी वर्ष अन्दाजी ५५ का मनशी यादव घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको छ ।

ट्रकमा सवार सहचालकहरू—सिराहाको ननकारकटी गाउँपालिका–२ निवासी अन्दाजी ४७ वर्षीय चन्देश्वर यादव र लहान नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षीय मो. साहजत मिया भने सकुशल रहेका छन् । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments