



त्रियुगा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) त्रियुगा नगर कमिटीको नयाँ नेतृत्वमा गोमा कार्की चयन भएकी छिन् । जिल्ला पार्टी समन्वय समितिको हालमा बिहिबार सम्पन्न दोस्रो नगर अधिबेशनले कार्कीलाई अध्यक्ष पदमा चयन गरेका हुन् । उनको अध्यक्षतामा ३३ सदस्यीय नगर कमिटी समेत सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक राधारमन खतिवडाले बताए ।
निर्वाचन संयोजक खतिवडाका अनुसार उपाध्यक्षमा मैया कटुवाल चयन भएका छन् । कमिटीको सचिवमा गोमा राई र सहसचिवमा रेश्मा ठकुरी चयन भएकी छिन् । त्यसैगरी कमिटीको कोषाध्यक्ष रिता रोका बि.क. चयन भएकी छिन् ।
यसैगरी कमिटीकोे सदस्यहरूमा दुर्गा बि.क., बुद्धमाया तामाङ, कल्पना नेपाली, सम्झना राई, कृष्णा राई, रेश्मा साही, रिता शंकर बि.क., मन्जु बि.क., होमकुमारी बि.क., मस्लिरा खातुन, मन्दिरा मन्दुकी मगर, चन्द्रकुमारी कार्की, रेनुका तिम्सिना लगायत ३३ सदस्यीय चयन भएका छन् ।
अधिवेशनमा १० बर्षे जनयुद्धमा योग्दान पु¥याउने महिला युद्धाहरुलाई खादा र दोसल्ला ओढाएर सम्मान गरिएको निवर्तमान अध्यक्ष बिना राईले बताए । निवर्तमान अध्यक्ष राईका अनुसार सम्मान २५ जना महिला युद्धाहरुलाई गरिएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर १ का पूर्वमन्त्री नारायण बुर्जा मगर, सांसद् सम्झना तामाङ, पार्टी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य मोहन बहादुर खत्री ‘दिपक’, अनेमा संघ प्रदेश कमिटी अध्यक्ष लक्ष्मी न्यौपाने लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।