



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ अन्तर्गत बेल्हा र सिवाइबीच त्रियुगा नदीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बराहक्षेत्र यातायात अन्तर्गतको को १ ख ४७५३ नम्बरको बस गए राती करिब ११ बजे नदीमा डुबेको प्रहरीले जनाएको छ ।
सप्तरीको बेल्टारबाट जन्ती पुर्याएर फर्किँदै गरेको बस त्रियुगा नदी पार गर्ने क्रममा पुलको होम्पाइप मुनिको भाग बाढीले बगाइसकेको थाहा नपाउँदा दुर्घटना भएको चौकी सिवाइका प्रहरी सहायक निरीक्षक (असई) जगदिश प्रसाद मेहताले जानकारी दिए ।
दुर्घटनाको समयमा बसमा चालक र सहचालक मात्र रहेको र उनीहरू दुवै सकुशल रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments