



उदयपुरगढी । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्वर ६ नेपालटार बजारमा स्थानीय परिकार तथा कृषि प्रदर्शनी मेला हुने भएको छ । मेला उदयपुरगढी गाउँपालिका र सहास नेपालको सहयोगमा माघ २४ गते हुन लागेको हो ।
मेलामा रैथाने वालीहरुको बिउ, स्थानीय उत्पादित ताजा फलफूल तथा तरकारी सामाग्री, मौलिक र रैथाने पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकार, घरेलु हस्तकलाका सामान लगायत भान्साका लागि चाहिने आवश्यक परिकारसहित अन्य सामाग्रीहरु प्रदर्शन गर्न लागिएको नगर कृषि अधिकृत पारशमणी फुयाँल बताए ।
अधिकृत फुयाँलका अनुसार मेलाले स्थानीय भण्डारण प्रणाली, दैनिक जीवनमा प्रयोग, पोषण व्यवस्थापन र खाद्य सुरक्षा सुनिश्चित गर्न भूमिका खेल्ने छ । प्रदर्शनीमा गाउँपालिकाबासी, छिमेकी त्रियुगा नगरपालिका, कटारी नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालका लगायत जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाबासीहरु समेत सहभागी हुने अपेक्षा गरिएको छ ।