उदयपुरमा माछा चोरीको आरोपमा तिन जना मानिस पक्राउ

जोगिदह । उदयपुरमा पोखरीको माछा चोरी गरेको आरोपमा तिन जना पक्राउ परेका छन् । उनिहरु मंगलबार पक्राउ परेका हुन् । पक्राउ पर्ने जिल्लाको त्रियुगा नगरपालिका वडा नम्वर १ जोगिदहस्थित मैनाहा केन्द्रीय टोल बस्ने वर्ष ५६ की कलावती चौधरी, बर्ष ५० को राम किसुन चौधरी र सोही वडास्थित नवज्योति टोल बस्ने बर्ष ४० को शिब शंकर चौधरी रहेका छन् ।

उनिहरुलाई स्थानीय जागृति सामुदायिक बन क्षेत्रमा रहेको तिनवटा पोखरीमा रहेको पालेको माछा चोरी गरेको आरोप छ । सो पोखरीमा स्थानीय चन्द्र कुमारी राईको नाममा रहेको ‘कृषी चाम्लिङ फर्म’ले माछा पाल्दै आएको छ । सोही पोखरीबाट उनिहरुले गत पुष २८ गते दिनको १ बजे माछा चोरी गरेको पीडित लिल बहादुर राईले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

उजुरीमा उल्लेख भएअनुसार उनिहरु सहित ८÷९ जना अन्य मानिसहरु समेत रहेको थियो । ती मध्ये कलावती प्रमुख भूमिकामा रहदै आएको छ । उक्त घटनालाई लिएर पटक–पटक छलफल गर्दै आएपनि उल्टै उनिहरुले धाकधम्की दिने गरेको पीडित राईको भनाई छ । पीडित राईका अनुसार प्रति गोटा ४ केजीसम्म रहेको पन्ध्र लाख बराबरको माछा चोरी भएको छ । पोखरीमा कोमल, विकेट, रौ, ग्रासकार र भाकुर जातको माछा रहेको पीडितको भनाई छ ।

उजुरीः

Facebook Comments