प्याराग्लाडिङ तथा ह्याङ्गग्लाडिङ संघ उदयपुरको नेतृत्वमा ईश्वर साम्पाङ

उदयपुर । नेपाल प्याराग्लाडिङ तथा ह्याङ्गग्लाडिङ संघ उदयपुरको नयाँ नेतृत्वमा ईश्वर साम्पाङ सर्वसहमत चयन भएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार सम्पन्न एक जिल्ला समिति घोषणा कार्यक्रम मार्फत साम्पाङलाई अध्यक्ष पदमा चयन गरिएको हो । उनको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको निर्वाचन समिति संयोजक जिवनी वान्तवाले बताए ।

संयोजक वान्तवाका अनुसार उपाध्यक्षमा सुजन राई (बेलका) चयन भएका छन् । समितिको सचिव पदमा जितेन्द्र राईला (गाईघाट) र सहसचिव पदमा शिला राई (चौदण्डी) चयन भएका छन् । यसैगरी समितिको कोषाध्यक्ष पदमा सुनिता रेग्मी (राई) (त्रियुगा) चयन भएका छन् । यसैगरी समितिको सदस्यहरूमा भुपाल राउत (गाईघाट), करिना राई (उदयपुरगढी), ईश्वर मगर (रौतामाई), सन्तोष कार्की (कटारी) र अमिन राई (लिम्चुङबुङ) चयन भएका छन् । बाँकी सदस्यहरु जिल्ला कमिटीले थप गर्ने नवनिर्वाचिन राईले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य किरण राई, पूर्व संघीय सांसद् सुरेश कुमार राई (हिमाल), प्रदेश सांसद् सम्झना तामाङ, एन्फा महासचिब किरण राई, जिल्ला खेलकुद समिति उदयपुरका प्रमुख प्रकाशराम राई, नेपाल प्याराग्लाडिङ तथा ह्याङ्गग्लाडिङ संघका केन्द्रीय अध्यक्ष भूपाल राई, केन्द्रीय सदस्य महेन्द्र राई, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य द्रोन पौडेल (निरज), पत्रकार गजेन्द्र राई, राजेन्द्र दुष्ट, आकाश बलम्पाकी मगर लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

भिडियोः

Facebook Comments