![](http://www.nigranipost.com/wp-content/uploads/2021/10/vBONE-CHAIR_ADD.gif)
![](http://www.nigranipost.com/wp-content/uploads/2021/03/korona-1.gif)
![](http://www.nigranipost.com/wp-content/uploads/2020/05/triyuga-Corona_add1.gif)
![](http://www.nigranipost.com/wp-content/uploads/2020/04/add-all.gif)
खोटाङ । खोटाङमा छुरा प्रहार गरी हत्या गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन् । उनिहरुलाई नयाँ वर्षको दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी बस्ने निभारेका धनजीत राईको छुरा हानी हत्या गरेको आरोप छ ।
जसमा स्थानीय बर्ष २२ का विकाश राई, बर्ष २० का आशन राई र बर्ष २८ का गणेश राईलाई प्रहरी पक्राउ गरी सार्वजनिक गरेका हुन् । धनजितको हत्यापछि फरार भएका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेका थिए ।
उनिहरुलाई सोमबार रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको भसुन्डास्थित धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो । अहिले उनीहरूलाई कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता तथा प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।
प्रवक्ता कार्कीका अनुसार शरीरका विभिन्न भागमा चोट लागेका धनजितको घट्नास्थलमै मृत्यु भएको थियो । घटनाको समय मादक पदार्थ सेवन गरेका उनिहरुले छिमेकीको मकै बारीमा धनजीतलाई छुरा प्रहार गरेका थिए ।
भिडियोः