उदयपुरका तीन पालिकामा प्रहरीका सुबिधा सम्पन्न भवन निर्माण

उदयपुर । उदयपुरका तीन पालिकामा प्रहरीका सुबिधा सम्पन्न भवन निर्माण भएका छन् । ग्रामिण भेगका जनतालाई शान्ति सुरक्षामा सहजता पुर्याउने उदेश्यले लिम्चुङबुङ गाउँपालिका–२ बारहामा इलाका प्रहरी कार्यालय (ख), ताप्लि गाउँपालिका–५ रुपाटार र कटारी नगरपालिका–९ सोरुङछविसे (बतासे)मा प्रहरी चौकीका भवन निर्माण भएका हुन् ।

यसअघि तीन वटै प्रहरी कार्यालय भाँडाको घरमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाका अनुसार लिम्चुङबुङ गाउँपालिकाभरी हेर्ने गरी पहिलो पटक इप्रका स्थापना गरिएको हो । ताप्लि गाउपालिकामा भने यो समेत दुई वटा प्रहरी चौकी स्थापना भएका हुन् । यस अघि वडानं ३ इनामेमा प्रहरी चौकी स्थापना भईसकेको छ ।

पालिका केन्द्र रुपाटारमा स्थापना गरिएको प्रहरी चौकी २०५१ सालमा स्थापना भएपनि द्धन्द्धका क्रममा चौकी विस्थापित भएको थियो । एसपी थापाका अनुसार लिम्चुङबुङमा १ करोड २४ लाख ८१ हजार ६४९ रुपैँया, रुपाटारमा १ करोड ११ लाख १८ हजार ७४९ रुपैँया र सोरुङछविसेमा १ करोड ५२ लाख ५३ हजार १३९ रुपैँयामा व्यारेक, कार्यालय, महिला र पुरुषका अलग–अलग हिरासत कक्षसहित भवन निर्माण भएका हुन् ।


नवनिर्मित भवनको एक समारोहका विच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राई र कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले गरेका छन् । एआइजी राईले इलाका प्रहरी कार्यालय लिम्चुङबुङ र डिआइजी खापुङले प्रहरी चौकी सोरुङ र रुपाटारको भवन उद्घाटन गरेका हुन् ।

नवनिर्मित भवनको उद्घाटन गर्दै एआइजी राईले सिमित स्रोतसाधन र न्युन जनशक्तिका विच पनि प्रहरीले शान्तिसुरक्षा अमनचयन गर्न उल्लेखिय काम गरेको बताए । उनले जनताको धेरै अपेक्षा गरेको बताए । तर, आफुहरुसँग सिमित स्रोतसाधन र जनशक्ति भएपनि शान्ति सुरक्षा मजवुद बनाउन कहि कतै नचुकेको उनले बताए ।

त्यसैगरी प्रहरी चौकी भवनको उद्घाटन गर्दै डिआइजी खापुङले वदलिँदो परिवेशमा स्थानीय समस्याको पहिचान गरी प्रहरी नयाँ रणनीति लिएर अघि बढेको बताए । उनले समय र परिस्थिति अनुसार घटनाका रुपहरु र अभियानहरु फेरिदै गएको बताए । यस्तो अवश्थामा आफुहरुले थप रणनीति तय गर्नु पर्ने समेत उनले बताए ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जनशक्ति व्यवस्थापन र स्रोतसाधनको उपलब्धता नै अहिलको समस्या भएको बताए । उनले सिमित स्रोतसाधनका विच जति काम गर्नु हुन्छ । जनताले प्रष्टसँग बुझ्ने र देखिने गरि गर्नुस जसबाट जनताले शान्तिसुरक्षाको अनुभूति गर्न पाउन ।

जिल्ला प्रहरी कार्यालयका एसपी थापाले तल्लो तहका गरिव, असाहय, पीडित, शोषित परिवारका सवाललाई प्राथामिकता राखेर सेवा प्रवाह गरिएको बताए । उनले प्रविधिको विकाससँगै नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन थालनी गरिएको बताए । एसपी थापाले प्रहरीका नियमित कामकार्वाही सँगै समय र परिस्थिति अनुसार आउने सबैखाले समस्याको समाधान गर्न मातहतका युनिटहरु दैनिक परिचालित हुने गरेको बताए ।

कार्यक्रममा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गिता खड्का, ताप्लि गाउँपालिकाका अध्यक्ष ढुंगराज विक, उपाध्यक्ष धना मगर, लिम्चुङबुङ गापाका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष पुष्पकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्का, सम्बन्धित वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि लगायतले आफ्नो क्षेत्रका शान्तिसुरक्षाका सवाल र भोगिरहेका समस्याका बारेमा बोलेका थिए ।

उनीहरुले प्रहरी चौकी र जनशक्ति अभाव हुँदा विभिन्नकारणले मृत्युभएकाहरुको पोष्टमार्टम गर्न, मुचुल्काहरु बनाउन लगायतका समस्या भोग्नु परेको बताए । कार्यक्रम लगत्तै एआइजी राईले प्रहरीबाट हुने सेवासुबिधाका सन्र्दभमा स्थानीयसँग अन्तरक्रिया गरेका थिए । उनले प्रहरीबाट कुनै त्यस्ता ज्याजती वा कानुन विपरितका कार्य भए प्रहरी प्रधान कार्यालय वा जिल्ला प्रहरी प्रमुखलाई उजुरी दिए तत्काल कार्वाही गर्ने बताए ।

भिडियोः

Facebook Comments