संयुक्त औषधि व्यवसायिको नेतृत्वमा पुनः उद्धव दाहाल

उदयपुर । औषधि व्यवसायिहरुको छाता संस्था नेपाल औषधि व्यवसायि संघको संयुक्त जिल्ला शाखा उदयपुरको अध्यक्षमा पुनः उद्धव दाहाल चयन भएका छन् । सदरमुकाम गाइघाटमा शनिबार सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले दाहाललाई पुनः अध्यक्षमा चयन गरेका हुन् ।

अधिवेशनले दाहालको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गरेको छ । खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लाका व्यवसायिलाईसमेत समेटेर समिति गठन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा शुरेसकुमार साह, उपाध्यक्ष (थोक)मा बिरेन्द्रकुमार झा, उपाध्यक्ष (खुद्रा)मा दिनेश्वर साह चयन भएका छन् ।

त्यसैगरि संघको महासचिवमा सनमकुमार राई, सचिवमा संजिव बस्नेत, कोषाध्यक्षमा विजयकुमार साह र सहकोषाध्यक्षमा बब्लुकुमार गुप्ता रहेको निर्वाचन समितिले जनाएका छन् । निर्वाचन समितिलेअनुसार कार्यसमिति सदस्यहरुमा ब्रम्हदेब महत्तो, अविन कटुवाल, विकल बरातल र विवेक कटुवाल रहेका छन् । कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गरेका थिए ।

भिडियोः

Facebook Comments