नेकपा एमाले उदयपुरको नेतृत्वमा भागवत राउत

उदयपुर । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत बिजयी भएका छन् । उनले ३ सय ४४ मतका साथ अध्यक्ष पदमा बिजयी भएका हुन् । प्रतिद्धन्दी परमेश्वर घिमिरेले २ सय ३० मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा कालुमान लामा बिजयी भएका छन् । १ मतको अन्तरमा उनले जीत हासिल गरेका हुन् । लामाको १ सय ९२ मत प्राप्त हुँदा निकटतम् प्रतिद्वन्द्वी दिलबहादुर तामाङको १ सय ९१ मत प्राप्त भएको थियो ।

तामाङको सुरुदेखि अग्रता कायम देखाए पनि अन्तमा १ मतले पराजित हुन परेको थियो । उपाध्यक्षका अर्का उम्म्दवार भरतबहादुर थापाको १ सय ३७ मत प्राप्त गरेर बिजयी भएका छन् । सचिवमा टेकबहादुर राउत बिजयी भएका छन् ।

उनले १ सय ९१ मत प्राप्त गरेका थिए । निकटतम् प्रतिद्वन्द्वी सम्भु पौडेलले १ सय ८३ मत प्राप्त गरेका थिएभने महेश रोकाले १ सय ४० मत प्राप्त गरेका थिए । सहसचिवमा १ सय ९४ मतका साथ हेमबहादुर खड्का बिजयी भएका छन् ।

जीवनाथ दाहाल १ सय ८ मत, मन्दिप राई ९३ मत, दुर्गानन्द चौधरी ५३ मत र धर्मबहादुर तामाङले ४६ मत प्राप्त गरेका थिए । महिला सहसचिवमा गंगा राई २ सय ६० मतका साथ विजयी बनेकी छिन् । प्रतिद्धन्दी महेश्वरी राई १ सय ४९ र गीता खड्का १ सय २५ मत रहेको छ ।

उनिहरुसँगै पदाधिकारी पाँचसहित १ सय ५ जनाको नयाँ जिल्ला कमिटि चयन भएको छ । भुगोल, खुल्ला, दलित, जनजाती, महिला सदस्यामा धेरैजसो सर्वसहमत भएको थियो भने केहीमा चुनाव भएको थियो ।

भिडियोः

Facebook Comments