रौतापोखरी स्वास्थ्य शिविरबाट ४ सय ३३ जनालसेवा लिए सेवा

रौतामाई । उदयपुरको रौतामाई गाउँपालिका ६ रौतापोखरीमा आयोजना गरिएको स्वस्थ्य शिविरमा करिव पाँच सय विरामीले सेवा लिएका छन् । ग्रामिणभेगका सर्वसाधरणलाई लक्षित गरी रौतामाई गाउँपालिका र वल्र्ड नेर्वसको सहयोग तथा वडा नम्बर ६ को समन्वयमा हुरेण्डेक उदयपुरले आयोजना गरेको स्वास्थ्य शिविरमा ४ सय ३३ जनाले सेवा लिएका हुन् ।

शिविरमा धेरैजसो महिलामा तीन÷चार प्रकृतिका समस्या देखिएको जिल्ला अस्पताल उदयपुरका स्त्रीरोग विशेषज्ञ मुकेश झाले बताए । उनका अनुसार पाठेघर खस्ने, महिनावारी गडवढी, सेतोपानी वग्ने, पाठेघर दुख्ने, घाउँ हुने, बाँझोपन जस्ता एकै जना महिलामा धेरै प्रकृतिका समस्या देखिएका छन् । उनका अनुसार अधिकांस महिलामा पाठेघर खस्ने समस्या देखिएको बताए ।

शिविरमा ४ सय ३३ जनामा गरिएको स्वास्थ्य परीक्षणमा ३८ जनामा पाठेघरको समस्या देखिएको छ । शिविरमा १ सय १२ जनाले आँखाको परीक्षण गराएकोमा २८ जनाको अप्रेशन गर्नु पर्ने र १७ जनालाई पावरवाला चश्मा लगाउन सिफारिस गरिएको छ । त्यसैगरी चालीस जनामा दाँतको समस्या देखिएकाले उखल्ने, भर्ने, सफा गर्ने जस्ता सेवा प्रवाह गरिएको छ ।

यसैगरी २ सय ४३ जनाले फिजिसियन सेवा लिएको आयोजकले जनाएका छन् । शिविरको उद्घाटन गर्दै रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले स्वास्थ्य सेवालाई संबिधानले अधिकारको रुपमा स्थापित गरेको हुँदा शिविरको आयोजना गरिएको बताए । उनले ग्रामिण भेगका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउनु पालिकाको लक्ष्य रहेको हुँदा सहकार्य गरिएको बताए ।

भिडियोः

Facebook Comments