उदयपुर । उदयपुरमा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । अभियान फागुन १३ देखि २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
यसबारे शुक्रबार जिल्ला खोप समन्वय समितिले एक कार्यक्रम मार्फत बताएका हुन् । कार्यालयले जनाएअनुसार दुई चरणमा खोप अभियान सञ्चालन हुने छ ।
अभियानमा ९ महिना देखि ५ बर्षसम्मका बालबालिकाहरु सहभागी हुने छन् । जसका लागि ४ सय ६४ खोप सेसन, ४ सय ६४ स्वास्थ्यकर्मी, ९ सय २८ जना स्वयंसेवक र ५ जना ए.ई.एफ.आई व्यवस्थापन र अनुगमनको लागि चिकित्सक परिचालन हुने छ ।
भिडियोः
Facebook Comments