उदयपुर । शेर्पा विद्यार्थीहरुको साझा संगठन नेपाल शेर्पा विद्यार्थी संघ मंगलबार उदयपुरमा गठन भएको छ । संघको पहिलो भेलाले एलिना शेर्पाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
जसमा उपाध्यक्षमा पासाङ शेर्पा, सचिवमा मुना शेर्पा, सह–सचिवमा निमछिरी शेर्पा र कोषाध्यक्षमा निमा शेर्पा सर्वसहमत चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरूमा निमदोर्चि शेर्पा, पासाङदिकि शेर्पा र सोनामदिकु शेर्पा चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा छिरिङ शेर्पा, फुर्तेन्जी शेर्पा, छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ शेर्पा र रिन्जु शेर्पा रहेका छन् । नेपाल शेर्पा संघ केन्द्रीय सचिवालय सदस्य पवननुरी शेर्पाको प्रमुख आतिथ्यमा भएको भेलामा संघको १४ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका सचिव फूर्वा छिरीङ शेर्पा र सदस्य पेम्बा ग्यलछेन शेर्पा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
भिडियोः
भिडियोः
Facebook Comments