नेशनलले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनायो

उदयपुर । आफ्नो वार्षिक उत्सवको अवसरमा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले विभिन्न कर्यक्रम गरी मनाएको छ । कम्पनीले ३७ औँ वार्षिकोत्सव मनाएको हो ।

वार्षिक उत्सव मनाउने क्रममा शाखाले रक्तदान कार्यक्रम, फलफुल बितरण र खाना खुवाउने काम गरेको छ । जसमा रक्तदान कार्यक्रममा १९ जनाले सहभागिता जनाएको शाखा प्रमुख प्रेमकुमार राईले बताए । प्रमुख राईका अनुसार रक्तदान कार्यक्रममा ८ महिला र ९ पुरुषले सहभागिता जाएका थिए ।

त्यसैगरी शाखाले जिल्ला अस्पताल उदयपुरमा रहेको बिरामीहरुलाई फलफुल बितरण समेत गरेका थिए । उनिहरुले अस्पतालमा रहेको ६५ जना बिरामीलाई फलफुल बितरण गरेका थिए ।

यसैगरी वार्षिकोत्सवको क्रममा बौध्दिक अपाङ्ग भएका व्यक्तिहरुलाई खाना खुवाउने काम गरेको छ । उनिहरुले त्रियुगा मा. बि.मा रहेको ३० जना सो व्यक्तिहरुलाई खाना खुवाएका थिए ।

भिडियो:

Facebook Comments