तत्काल प्राररम्भिक सूचना पत्रकारलाई दिन डीआईजी खापुङको निर्देशन (भिडियो सहित)

उदयपुर । कोशी प्रदेशका प्रहरी प्रमुख (प्रहरी नायव माहारिक्षक) चन्द्रकुवेर खापुङले उदयपुरका पत्रकारसँग भेटघाट गरेका छन् । डीआईजी खापुङले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा भेटघाट गरेका हुन् ।

भेटघाटको क्रममा उदयपुरका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) एसपी रमेश थापालाई जिल्लाको घटनाहरुलाई तत्काल संञ्चारकर्मीहरुलाई प्रारम्भिक सूचना दिन निर्देशन समेत दिएका थिए । जिल्लामा घटेका घटनाहरु पहिले जिल्लाबाट आउनु पर्नेमा प्रदेश प्रहरीबाट आउने भन्दै संञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि त्यसलाई सहजीकरण गर्न उदयपुर प्रहरीलाई निर्देशन दिईएको हो ।

खापुङ जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गर्न लागेको लागु औषाध नियन्त्रण अभियान अन्तर्गत “आई डियर नो ड्रग तथा से नो टु ड्रग” कार्यक्रममा सहभागी हुन उदयपुर आएका थिए । सोही क्रममा जिल्लाबाटै तत्काल सूचना पठाउन निर्देशन दिएको हो । उनले प्रहरी र संञ्चाकर्मिहरुबीच नजिकको सम्बन्ध रहनु पर्ने बताए ।

जे कुरा हो त्यो सत्य लेख्नु पर्ने भन्दै प्रहरीको पनि गलत कुराहरु लुकाउन जरुरी नरहेको र गलतहिन कुराहरु प्रचार गर्न पनि जरुरी नरहेको जनाए । गाईघाटमा शुक्रबार लागु औषाध नियन्त्रण कार्यक्रममा कलकार, स्थानीय सरकार, त्रियुगा उद्योग बाणिज्य संघ, संञ्चारकर्मी, अभिभावक लगायतको उपस्थिति रहने छ ।

जुन कार्यक्रम नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी अतिरिक्त माहानिरिक्षक टेक प्रसाद राईको प्रमुख आथित्यतामा हुने भएको छ । कार्यक्रममा र्यापर लाउरे लगायतका कलकारहरुले लागु औषाध बारे आफ्नो अनुभव र सचेतनाका बिषयमा बोल्ने छ । कार्यक्रम दोस्रो प्रदेश महोत्सव त्रियुगा बसपार्कमा हुने भएको छ ।

भिडियोः

Facebook Comments