किरात राई पत्रकार संघ उदयपुरको नयाँ नेतृत्वमा बिक्रम राई

उदयपुर । सम्पूर्ण किरात राई पत्रकारहरुको छाता संगठन किरात राई पत्रकार संघ उदयपुरको अध्यक्षमा बिक्रम राई चयन भएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा बुधबार सम्पन्न संघको पाँचौ जिल्ला अबिधेशबाट राई अध्यक्षमा चयन भएका हुन् ।

अबिधेशनले राईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष टम्पशेर राईले बताए । निवर्तमान अध्यक्ष राईका अनुसार समितिको उपाध्यक्षमा जानुका राई चयन भएका छन् । सचिवमा चेवान राई चयन भएका छन् ।

त्यसैगरी महासंघको सह–सचिवमा मुना राई चयन भएका छन्भने कोषाध्यक्षमा सर्मिला राई चयन भएका छन् । यसैगरि सदस्यहरुमा भावना राई, बन्दना राई र प्रबिन राई रहेका छन् । कार्यक्रम किराँत राई यायोक्खाका जिल्ला कार्यवाहक अध्यक्ष नवीन राइको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रम किराँत राई पत्रकार संघका पुर्वकेन्द्रिय उपाध्यक्ष भोटराज राई, पुर्वसचिब गजेन्द्र राई, केन्द्रिय कोषाध्यक्ष गंगा राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासंघ खोटाङका संस्थापक अध्यक्ष डम्बरशिङ हमरुङ राईको उपस्थिति हरेको थियो ।

त्यसैगरि फोनिज केन्द्रिय सचिब बिश्वराज तामाङ, फोनिज प्रदेश नम्बर १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र दुष्ट, प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष शुपराज राई, नेपाल फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष देबराज राई, नेपाल पत्रकार महांसंघ उदयपुरका सहसचिब ऋषि राई लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments