पार्टीको आडमा शिक्षक कार्कीले डिउटी पुरा गर्दैनन्ः प्रधानध्यापक खड्का

रौतामाई । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्वर ३ लाफागाउँ स्थित जनता मा.बि. रसुवाका एक शिक्षकले डिउटी पूरा नगरी तलब तथा सेवासुविधा लिने गरेको खुलासा भएको छ । यसरी तलब लिनेमा राहात दरबन्दीका शिक्षक युवराज कार्की रहेका छन् ।

उनले डिउटीको समय पार्टीको काम गर्दै हिड्ने गरेको विद्यालयका प्रध्यानध्यापक शारदा खड्काले बताइन् । प्रध्यानध्यापक खड्काका अनुसार कार्की नेपाल कम्युनिष्ट पार्टी (विप्लब) निकट शिक्षक संगठन उदयपुरका जिल्ला अध्यक्ष हुन् । उनले पार्टीको आडमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउदै आएका छन् ।

विद्यालयको समयमा उनले विभिन्न विद्यालय र संघसंस्थासंग चन्दा उठाउदै हिड्ने गरेको स्थानीयहरु बताउछन् । त्यस समय विद्यालयमा छुटेको हाजिरी जबर्जस्ती आएर गर्ने गरेको उनिहरुको बुझाई छ । शिक्षक कार्की विभिन्न बिषयमा विवादित व्यक्ति भएकाले अब शिक्षकको रुपमा राख्न नसकिने विद्यायल व्यवस्थापन समितिका अध्यक्ष रत्न कुमार राईले बताए । अध्यक्ष राईका अनुसार केही कानुनी अल्झनको कारण उनलाई शिक्षकको रुपमा स्वीकार्नु परेको छ ।

उनलाई विद्यालयले शिक्षकको रुपमा अस्वीकार गर्न खोजेपनि जवरजस्ती हाजिर हुने गरेको समेत उनले बताए । यस्तो विषयलाई लिएर शिक्षक कार्कीसँग व्यवस्थापन समिति र विद्यालय प्रशासनको पटक पटक विवाद हुँदै आएको छ । पछिल्लो समय आफ्नो भतिजी बुहारीसँग अनैतिक सम्बन्ध राख्ने गरेको कुरा खुलासा भएपछि शिक्षक कार्की विवादमा तानिएका हुन् ।

अहिले शिक्षक कार्की बिरुद्ध अभिभावकहरु आन्दोलनको तयारीमा रहेको स्थानीय मिलन राईले बताए । स्थानीय राईका अनुसार पटक पटक विवादमा आईरहने शिक्षकले दिएको शिक्षा राम्रो नहुने भन्दै उनलाई तत्काल निलम्बन गर्नुपर्ने माग सहित अभिभावकहरु आन्दोलन गर्न लागेको हो ।
विवादित शिक्षक युवराज कार्की

Facebook Comments