उदयपुर । समाचार लेखेको आधारमा उदयपुरका पत्रकार गजेन्द्र राईलाई मुद्दा परेको छ । रेडियो नेपाल उदयपुर सम्वाददाता तथा निगरानी पोष्ट डटकमका सन्चालक राईलाई बिद्युतीय अपराध सम्बन्धिको मुद्दा परेको हो । उनलाई जिल्लाको त्रियुगा नगरपालिका ३ मोतिगडा चाप बस्ने उर्मिला राउतले मुद्दा दिएकी हुन् ।
केही समयअघि राउत र उनको एक काका ससुरा बिच भएको अनैतिक सम्बन्धको बिषयलाई लिएर निगरानी पोष्ट डटकमको अफिसियल यूटुब च्यानलमा भिडियो सार्वजनिक भएको थियो । उनलाई बिद्युतीय अपराध सम्बन्धिको मुद्दा परेको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी प्रमुख (एसपी) ज्ञानेन्द्र प्रसाद फुयालले बताए ।
एसपी फुयालका अनुसार पत्रकार राईलाई जिल्ला प्रहरी कार्यालय मार्फत साइबर ब्युरोमा उजुरी परेको हो । अहिले सो मुद्दा मुचुल्काको लागि जिल्ला प्रहरी कर्यालय उदयपुरमा व्युरोले पठाएको छ । पत्रकार राईले ‘शिक्षक ससुरा र भतिजी बुहारीलाई लभ चक्करको आरोप’ भन्ने शिर्षकमा एउटा भिडियो सार्वजनिक गरेको थियो ।
सो भिडियो बुहारी उर्मिला र शिक्षक समेत रहेका आफ्नो काका ससुरा युबराज कार्की बिच अनैतिक सम्बन्ध रहेको स्थानीय र छिमेकीहरुले भनाई र प्रमाणको आधारमा उनले समाचार निर्माण गरेका थिए । अहिले त्यस बिषयलाई ढाकछोप गर्न पत्रकार राईलाई मुद्दा दिएको स्थानीयको बुझाई छ ।
उक्त समाचारमा युवराज र उर्मिलाबिच भेटघाट र कुरा गर्न नमिल्ने स्थानीय र छिमेकीले गरेको कागज समेत सार्बजनिक भएको छ । समाचार सार्वजनिक भएको यूटुबच्यानलको भिडियोमा आरोपित काका ससुरा युवराज र बुहारी उर्मिलाको समेत भनाई हेर्न सकिन्छ ।
त्यसबारे हजुर बा युवराज र आमा उर्मिलाको अनैतिक सम्बन्धबारे उर्मिलाको छाराछोरीले समेत बोल्दै आएका छन् । युवराज रौतामाई गाउँपालिका वडा नम्वर ३ स्थित जनता माबि रसुवा लाफागाउँका राहात दरबन्दीका शिक्षक हुन् ।
यसरी भिडियो सार्बजनिक भएपछि आफ्नो बेइज्जत भएको भन्दै युवराज र उर्मिला छलफलको लागि पत्रकार महासघमा निबेदन दिईएको शाखा अध्यक्ष भरत खड्काले बताए । अध्यक्ष खड्काका अनुसार युवराज र उर्मिलाको निवेदन अनुसार पत्रकार राईसँग छलफल समेत भएको थियो ।
जसमा युवराज र उर्मिलाको माग अनुसार भिडियो सार्वजनिक भएको यूटुक च्यानलबाट उनिहरुको खण्डन समेत प्रकाशन भएको अध्यक्ष खड्काले बताए । खण्डनपछि सामाजिक सन्जालमा तर्कबितर्क र उजुरबाजुर नगर्ने सहमति समेत भएको उनले बताए ।
तर अहिले साईबर अपराधको मुद्दा आउदा आफु चकित भएको बताए । अध्यक्ष खड्काले नियमअनुसार पत्रकारले खण्डनको लागि दुबै जनालाई अवसर दिएका छन् । उनले यस्तो मुद्दामा पत्रकारलाई खुलेर महासंघले सहयोग गर्ने समेत बताएका छन् ।
यता पत्रकार राईले स्थानीय र छिमेकीहरुले दिएको प्रमाणको आधारमा समाचार लेखेको बताएका छन् । पत्रकार राईका अनुसार युवराज र उर्मिलालाई केहि महिना अगाडी गराएको कागजसमेत रहेको छ । सो कागनमा युवराज र उर्मिला भेटघाट र बोल्चालमा रोक लगाएको छ ।
पत्रकार राईले सुचना दिने स्थानीय र छिमेकीहरुसँग गुनासो राख्नु पर्नेमा आफुसँग गुनासो राखिरहेकोले आश्चर्यमा परेको बताए । यस्तो मुद्दाको कुनै तुक नभएको उनको भनाई छ । उक्त मुद्दाको सामना गर्दै अझ अनैतिक सम्बन्धबारे खोजि गर्दै जाने समेत उनले बताए ।
आरोपित बुहारी उर्मिला राउत आरोपित काका ससुरा युबराज कार्की