उदयपुर क्षेत्र नम्बर १ (क)मा मणी खम्बुको नाम सिफारिस

उदयपुर । नेकपा (माओवादी केन्द्र)ले उदयपुर क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभा सदस्यका लागि पार्टीका केन्द्रीय सदस्य मणी खम्बुको नाम सिफारिस गरेको छ । उनको नाम शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले सिफारिस गरेको हो ।

उनिसँगै पार्टीको प्रदेश कमिटी सदस्य राजन किराती ‘बासु’, रमन भट्टराई र पार्टीको बेलका नगर अध्यक्ष मनोज तामाङको नाम समेत सिफारिस गरेको छ । सिफारिस भएको नामहरु मध्ये खम्बु जिल्लाको साबिक क्षेत्र नम्बर २ बाट पहिलो संबिधानसभा सदस्य हुन् ।

त्यसैगरि प्रदेश कमिटी सदस्य बासु साबिक क्षेत्र नम्बर १ बाट पहिलो र दोस्रो संबिधानसभा सदस्यमा पराजित उम्मेदवार हुनभने भट्टराई ७४ को स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट बेलका नगर प्रमुखमा पराजित उम्मेदवार हुन् । त्यसैगरी तामाङ ७९ को स्थानीय तह निर्वाचनमा पार्टीले गठबन्धनको तर्फबाट बेलका नगर उपप्रमुखको उम्मेदवार बनाएका थिए ।

तर, एमालेका उम्मेदवार जिरा राईसँग पराजित भएका थिए । पराजित भएपनि उनिहरु उदयपुरको स्थापित र लोकप्रीय नेताको रुपमा परिचित छन् । सिफासिरको क्रममा क्रमशः राजन किराती, मणी खम्बु, रमन भट्टराई र मनोज तामाङको नाम रहेको छ ।

अहिले आफ्नो नाम सिफारिस भएसँगै फिर्ताको लागि दबाब बढ्दै गएको खम्बुले बताए । तर, जत्ति दबाब बढ्दै गएपनि टिकटको लागि आफ्नो सशक्त दाबी रहने उनले बताए । उनले जित सुरक्षित गर्न र एउटा आकांक्षी उम्मेदवार भएकोले पनि टिकट आफुले पाउनु पर्ने समेत उनले बताए ।

Facebook Comments