बेलका । उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा भएको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छन् । उनलाई आईतबार प्रहरीले एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न आरोपित व्यक्ति स्थानीय बर्ष ४३ को नरबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) ज्ञानेन्द्र फुयालले बताए । एसपी फुयालका अनुसार उनलाई एकै परिवारका तीन जनाको हत्या गरेको आरोप छ ।
उनले स्थानीय बर्ष ३७ को राजकुमार बस्नेत, उनकी श्रीमती बर्ष ३३ को सरिता बस्नेत र छोरा बर्ष १२ को सुजन बस्नेतको हत्या गरेको आरोप छ । उनहरुको शव खोलामा फालेको अवस्थामा फेला परेको थियो । शब फेला परेपछि तत्कालै प्रहरीले नरबहादुरलाई पक्राउ गरेको थियो ।
पक्राउको क्रममा उनको साथबाट प्रहरीले घटनामा प्रयोग गरिएको घरेलु हतियार खुकुरी समेत वरामद गरेको छ । आरोपित नरबहादुरले नातामा भाई पर्ने राजकुमार, उनकी श्रीमती र छोराको हत्या गरी स्थानीय वाबिङ खोलाको धान खेतमा नजिकै हत्या गरेको थियो । उनले धारिलो हतियार खुकुरी प्रयोग गरी उनिहरुको हत्या गरेर प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।