उदयपुर ,१४ बैसाख । अबैधरुपमा सञ्चालन भईरहेको एक क्लिनिकलाई उदयपुरमा शिलबन्दि गरिएको छ । जिल्ला अस्पताल उदयपुरको गेटमै सन्चालन भईरहेको सो क्लिनिकलाई अनुगमनको क्रममा भेटेपछि विहिबार शिलबन्दी गरिएको छ । आपूर्ती मञ्त्रालय, आपूर्ती ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, काठमाडौंको प्रतिनिधि सहितको अनुगमन टोलीले पारवती प्याथोलोजी क्लिनिक नाममा दर्ता विनै सन्चालन भईरहेको क्लिनिकलाई शिलबन्दी गरेको हो । टोलीले त्रियुगा नगरपालिका १० बोक्से स्थित जिल्ला हस्पिटलको गेटमा सञ्चालनमा रहेको उक्त क्लिनिकमा ताला मारेर आवश्यक कारवाहीका लागि जिल्ला जनस्वस्थ्य कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
क्लिनिक सञ्चालक फुलेन्द्रकुमार यादव नरहने गरेकोे, सिकारु एक मात्र स्टाफलाई अब्यवस्थितरुपमा छाड्ने गरेको, क्लिनिकको बोर्डसमेत नराखेको पाएपछि टोलीले सर्बसाधारणको स्वस्थ्यप्रतिको सम्बेदनशीलतालाई ध्यानमा राखेर क्लिनिकमा सिलबन्दी गरेको सहायक प्रमूख जिल्ला अधिकारी प्रदिपजंग कार्कीले बताए । टोलीले सोही ठाउँका अन्य मेडिकलहरुबाट म्याद नाघेका औषधि बरामद गरी नष्ट गरेको थियो । अस्पताल जस्तो ठाउँकै मुखमा क्लिवन र मेडिकलको यतिसम्मको लापरवाही भेटिएपछि जिल्ला हस्पिटल र जनस्वस्थ्य कार्यालयको सेवा र अनुगमनप्रति प्रश्न चिन्ह खडा भएको छ । सहायक प्रमूख जिल्ला अधिकारी प्रकाशजङ कार्कीसहित, विभागका शाखा अधिकृतद्वय श्रीराम भट्ट र सुवास चापागाईको नेतृत्वमा जिल्ला स्थित सुरक्षा निकाय, कृषि विकास, जनस्वस्थ्य, पशुसेवा, पत्रकार सम्मिलित अनुगमनटोलीले सदरमुकाम गाईघाट र बोक्सेको अन्य विभिन्न पसलहरुमा छड्के जाँच गरेको थियो । पसल तथा ब्यवसायहरुमा दर्ता भए नभएको, भ्याट, करको दायरामा रहे नरहेको, नापतौल ठिक भए नभएको, विल अनिबार्य गरे नगरेको, मूल्यसूचि राखे नराखेको र खासगरी म्याद नाघेको सामानको चेकजाँच गरेको थियो । अनुगमनको क्रममा फेला परेका म्याद नाघेका कुराहरु बरामद गरी नष्ट गरिएको थियो भने, ब्यवसाय दर्ता, मूल्यसूची राख्न, बील अनिबार्य जारी गर्न, मदिरा तथा धुम्रपानका सामान विक्रीको अनुमती लिएर छुटै राखेर विक्री गर्न निर्देशन दिईएको थियो । गाईघाटको सगरमाथा डिपार्टमेन्ट स्टोरमा मदिराजन्य बस्तु छुट्टै राखेको नपाएपछि आवश्यक कारवाही गर्न करदाता सेवा कार्यालय गाईघाटलाई निर्देशन दिईएको छ ।
अबैधरुपमा सन्चालन क्किनिकलाई उदयपुरमा शिलबन्दी
Facebook Comments