एशियन लाईफ इन्स्योेरेन्सले आमाको मुख हेर्ने दिनमै छोरीलाई विमाङक रकम दियो

उदयपुर, १३ बैसाख ।  एशियन लाईफ इन्स्योरेन्स कम्पनीले त्रियुगा नगरपालिका ११ को एक परिवारलाई मृत्युदावी वापतको रकम बुधबार घरमै पुगेर उपलब्ध गराएको छ । कम्पनीले स्वर्गिय ध्रुबकुमारी राईको परिवारलाई घरमै पुगेर मृत्युदावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । गाईघाट उपशाखा इन्चार्ज बालकुमार राईका अनुसार स्वर्गिय राईले २०६७ पौष ३० गते ५१ हजारको विमांकको १६ बर्षे विमा गर्नु भएकोमा ६ बर्षपछि नै स्वर्गरोहण भएपछि उहाँले इच्छाउनु भएकी छोरी सृजना राईलाई मृत्युावी वापतको ६९ हजार ६ सय ७० रुपैया उपलब्ध गराएको हो । कम्पनीको लहान शाखाका प्रवन्धक महेन्द्रप्रसाद सिंह, नेपाल पत्रकार महासंघ शाखा उदयपुरका कार्यवाहक अध्यक्ष भोटराज राईले संयुक्तरुपमा स्व. राईकी छोरी सृजनालाई चेक हस्तान्तरण गर्नुभयो । अर्धबार्षिक रुपमा १ हजार ८ सय ६ रुपैया विमाशुल्क भुक्तानी गर्दै आउने क्रममा कालगतीले स्वर्गरोहण भएपछि विमाङ्कको ५१ हजार र बोनस रकम आठ हजार छ सय ७० रुपैया इच्छाएको ब्यक्ति छोरीले पाउनुभएको हो । दुर्घटनाबाट मृत्य भएको खण्डमा विमाङ्कको दोब्बर रकम र बोनस रकम पाउने कम्पनीको नियम रहेको जनाईएको छ । चेक हस्तान्तरण गर्दै शाखा प्रवन्धक सिंहले विमा गर्नु हरेक हिसावले फाईदाजनक रहेको बताउनुभयो । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलले सबैभन्दा राम्रो सेवा, सुविधा र राम्रा योजनाहरु ल्याउदै आएको दावी गर्दै बुझेर विमा गर्दा हरेक विमितलाई फाईदा पुग्ने बताउनुभयो । आमाले गर्नुभएको विमापावत विमाङ्क रकम पाएपछि छोरी सृजनाले खुसी ब्यक्त गर्नुभयो । संयोगवस आमाको मुख हेर्ने दिनमै कम्पनीले उपलब्ध गराएको उक्त रकमले केही राम्रो काम गर्ने उहाँले बताउनुभयो । हरेकले आप्mनी आमालाई सम्झने दिनमा विमाको कारणले पनि सृजनाले आमालाई सम्झन पाउनुभयो । स्वर्गिय राईको पति पदमकुमार राईले आफु बाहिर देशमा भएको बेला श्रीमतीले विमा गरेर राम्रो काम गरेको बताउनुभयो । कम्पनीले घरमै आएर रकम उपलब्ध गराएकोमा धन्यवाद दिदै उहाँले विमा गर्नु अति राम्रो रहेछ भन्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *