खोटाङ केन्द्रबिन्दु भएर आईतबार ६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरेका छन् ।
प्रमुख अधिाकारीका अनुसार खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प मापन भएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।
मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले बताए । उनका अनुसार संयन्त्रमार्फत थप विवरण लिने काम भइरहेको छ ।
भिडियोः
Facebook Comments