उदयपुरमा कोरा साइक्लिङ च्यालेन्ज हुदै

उदयपुर । उदयपुरमा जुलाई १६ अर्थात असार ३२ गते कोरा साईक्लिङ च्यालेन्ज २०२२ हुने भएको छ । उदयपुर जिल्ला साईक्लिङ संघले चौथो संस्करणको क्रममा कोरा च्यालेन्ज गर्न लागेको संघका अध्यक्ष जितेन्द्र रोईलाले बताए ।

अध्यक्ष रोईलाका अनुसार कोराले पर्यटकीय सम्भावनाको खोजी, प्रचार प्रसारसंगै प्रबर्धनमा टेवा पुग्नेछ । कोरा ५० किलोमिटरको यात्रा तय भएको छ । गाईघाटदेखि सुरु गरि जलजले–चुहाडे–मुर्कुची–सुकौरा–भान्टाबारी–राजाबासहुदै गाईघाटमै आईपुगेर कोरा टुङ्ग्याउनेछ ।

कोरामा ५५÷६० जना सहभागी हुने छन् । त्रियुगावाहेक चौदण्डिगढी र धरानसम्मको साईक्लिष्टहरुको सहभागिता रहनेछ । २०११ मा ३५ जनाले सुरु भएको कोरा च्यालेन्ज देशमा १२ ओैं हो भने उदयपुरमा चौथो हुन लागेको हो ।

३५ साईक्लिष्टबाट सुरुको यो यात्रा सात हजारमा पुगिसकेपछि पछिल्लो समयमा जो जहा छ त्यहिबाट कोरा च्यालेन्ज गर्न थालेको हो । उदयपुरमा साईक्लिङको सम्भावना राम्रो रहेको र साईक्लिङ पर्यटनको रुपमा विकास हुँदै गएको छ ।

यसले स्वस्थ्य जीवनशैलीलाई प्रवद्र्धन गर्ने, जलबायु परिवर्तनसंग लड्नका लागि समाधाहरु प्रदर्शन गर्न महत्वपूर्ण भुमिका खेल्नेछ । उदयपुरको कोरा च्यालेन्जलाई नगरपालिका लगायतका निकायहरुको पनि सहयोग रहेको आयोजकले जनाएका छन् ।

Facebook Comments