अनैतिक सम्बन्धबाट पेटमा रहेको बच्चा फाल्न पशुपतिका शिक्षकले लिए मोटो रकम

उदयपुर । उदयपुरमा एक विद्यालयको शिक्षकले अनैतिक सम्बन्धबाट पेटमा रहेको बच्चा फाल्न मोटो रकम लिएको खुलासा भएको छ । यसरी रकम लिने शिक्षकमा जिल्लाको रौतामाई गाउँपालिका ५ स्थित पशुपति माध्यमिक विद्यालयका शिक्षक राजकुमार राई रहेका छन् ।

उनलाई स्थानीय एक बालिकाको पेटमा अनैतिक सम्बन्धबाट रहेको बच्चा फाल्न केटा पक्षबाट रकम लिएको आरोप छ । रकम दिनेहरुका अनुसार शिक्षक राईले २० हजार रुपैया रकम लिएको छ ।

उनले कानुन विपरित यस बिषयमा समाजिक छलफलसमेत गराएका थिए । सो छलफलमा नाबालिकालाई केटाको जिम्मा दिन एउटा कागज समेत समेत बनाएको बनाएको स्थानीयहरु बताउछन् ।

Facebook Comments