त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको नयाँ नेतृत्वमा रमेश बिश्वकर्मा

उदयपुर । ब्यवसायीहरुको छाता संगठन त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट उदयपुरको नयाँ नेतृत्वमा रमेश बिश्वकर्मा चयन भएका छन् । सोमबार सम्पन्न संघको छैठौं बार्षिक साधारणसभा तथा अधिवेशनले बिश्वकर्मा सर्बसहमत चयन भएका हुन् ।

अधिवेशनले बिश्वकर्मा नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चयन हुने नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा नबिन बस्नेत, द्धितिय उपाध्यक्षमा पर्शुराम चौधरी, महासचिबमा दिनेश श्रेष्ठ, सचिबमा रुपम अनुराग गुप्ता र कोषाध्यक्षमा टिकाकुमार श्रेष्ठ चयन भएका छन् ।

यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा सरोज बस्नेत, दिपेन्द्र प्रसाद श्रेष्ठ, रुद्र बस्नेत, बैजनाथ साह, श्रवण चौधरी र हिरा साह सर्बसहमत चयन भएका छन् । नबनिर्वाचित अध्यक्ष रसाईलीले आफ्नो प्रतिवद्धता मन्तव्यको क्रममा आवश्यक सदस्यहरु पछि मनोनित गरिने बताएका छन् । कार्यक्रम सदरमुकाम गाईघाट स्थित रामजानकी पाटी प्यालेसमा सम्पन्न भएको थियो ।

Facebook Comments