एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे

उदयपुर । एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे चयन भएका छन् । नेकपा एमाले उदयपुरको ८ औं जिल्ला अधिबेशनबाट घिमिरे अध्यक्ष पदमा चयन भएका हुन् ।

अधिबेशनले उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा, उपसचिवमा भरत थापा र टेकबहादुर राउत चयन भएका छन् । अध्यक्ष मण्डलका संयोजक तथा नेकपा एमालेका केन्द्रिय सदस्य मञ्जु चौधरीले सो नाम घोषणा गरेका थिए ।

अध्यक्ष मण्डलले घोषणा गरेको नाम निर्वाचन प्रक्रियाको लागि मंगलबार (भोलि) उम्मेवारी मनोनयन गरिने समेत संयोजक चौधरीले बताए । संयोजक चौधरीका अनुसार घोषणा भएको नाममा कसैलाई चित्त नबुझे उम्मेवारी दर्ता गराउन सक्ने छ ।

Facebook Comments