त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अधिबेशन सम्पन्न

उदयपुर । लामो समयदेखि विवादमा रहदै आएको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको बार्षिक साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । संघको सदरमुकाम गाईघाटमा सोमवार सम्पन्न भएको छैठौ बार्षिक साधारणसभा तथा अधिबेशनको उद्घाटन प्रदेश १ का सांसद् बिमल कार्कीले गरेका थिए ।

साधारणसभा तथा अधिबेशनको बन्दसत्र खुल्लासत्र सकिने बितिकै सुरु हुने संघका कार्यवाहक अध्यक्ष रमेश रसाईलीले बताए । कार्यवाहक अध्यक्ष रसाईलीका अनुसार सबै पदमा सर्बसहमत चयन हुनसक्ने देखिएको छ ।

सो अधिबेशन केहि समयअघि गर्ने भनिएपनि संघका अध्यक्ष गजेन्द्र भगत र प्रथम उपाध्यक्ष रसाईली समुहबिचको विवादले रोकिएको थियो । पछिल्लो समय अदालत निर्णयले प्रथम उपाध्यक्ष रसाईलीलाई कार्यवाहक अध्यक्षको जिम्म दिएपछि उक्त अधिबेशन सम्पन्न भएको हो ।

Facebook Comments