एमाले उदयपुरको उपाध्यक्षमा कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठद्वारा उम्मेवारी घोषणा

उदयपुर । उदयपुर स्थित कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एमालेको आर्ठौ जिल्ला अधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेवारी घोषणा गरेका छन् । शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको अधिवेशनमा मेयर श्रेष्ठले उपाध्यक्ष पदका लागि उम्मेवारी घोषणा गरेका हुन् ।

मेयर श्रेष्ठले जिल्ला उपसचिवको जिम्मेवारी पुरा गरी सकेका छन् । अहिले स्वतन्त्र उम्मेवारको रुपमा उपाध्यक्ष पदमा दाबी गरेका हुन् । उपाध्यक्ष पदका उम्मेवार श्रेष्ठले एमालेको चुनावी प्यानल बनाउन नपाउने नीतिलाई कार्यन्वयन गर्न कुनै समूह नबनाई आफु स्वतन्त्र उपाध्यक्ष पदको उम्मेदारी घोषणा गरेको बताए ।

उनले अझै बन्दशत्रको हालबाट सबै पदमा सहमति होस् भन्ने चाहाना राखेको बताए । तर, त्यसरी सहमति नभए आफ्नो उपाध्यक्षको जिम्मेवारी रहने समेत बताए । उपाध्यक्ष पदका उम्मेवार श्रेष्ठ २०५४ सालमा एमाले विभाजन हुदाँ समेत एमाले मै रहेका थिए । पछिल्लो समय एमाले र माओवादी पार्टी एकीकरण पश्चात बनेको नेकपा विवाद हुदाँ समेत केपी ओली नेतृत्वको पक्षमा खुलेर लागेका थिए ।

Facebook Comments