उदयपुरमा श्रीमानद्धारा श्रीमतीको हत्या

उदयपुर । उयदयपुरमा धारिलो हत्यार प्रयोग गरी आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेको छ । हत्या गर्नेमा जिल्लाको लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्मा बस्ने बर्ष ७० को सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।

डिएसपी गौतमका अनुसार आफ्नो ५६ बर्षिया श्रीमती चतुरमाया राईको धारिलो हत्यार प्रयोग गरी हत्या गरेको हो । मृतक चतुरमाया सन्तबहादुरको कान्छी श्रीमति हुन् । राईले प्रयोग गरेको धारिलो हत्यारबाट श्रीमतीको घटना स्थलमै मृत्यु भएको स्थानीयहरु बताउछन् ।

उनिहरुका अनुसार श्रीमतीको हत्या गरेपछि राईले आफ्नै घाँटी रेटेका थिए । अहिले घाईते राईको उपचार जिल्ला अस्पताल उदयपुरमा भईरहेको छ भने मृतक राईको शब ल्याउने तयारीमा छ ।

Facebook Comments