अटो तथा रिक्सा चालकहरुलाई सचेतना फैलाउँदै ट्राफिक प्रहरी

गाईघाट । उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको अटो तथा रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना सम्बन्धि कार्यक्रम गरिएको छ । कार्याक्रम जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक कार्यालय उदयपुरको आयोजनामा सम्पन्न भएको थियो ।

त्रियुगा बसपार्कमा भएको कार्यक्रममा सावरी दुर्घटनाहरु मध्ये अटोरिक्सा चालकको लापर्वाहीले धेरै हुने गरेको भन्दै सुरक्षित यात्रा कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाए । आयोजकका अनुसार दुई सय बढी अटोसिक्सा चालकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोरा, प्रहरी नायव उपरीक्षक (डिएसपी) बेद गौतम, प्रहरी निरीक्षक (ईस्पेक्टर) लालबहादुर श्रेष्ठ र जिल्ला ट्राफिक उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक (सई) लिलाराज श्रेष्ठको उपस्थिति रहेको थियो ।

Facebook Comments