उदयपुरमा चोरी गर्ने डाक्टर रौनियार मिडियाको फन्दामा

उदयपुर । उदयपुरमा चोरी गर्ने एक डाक्टर मिडियाको फन्दामा परेका छन् । फन्दामा पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका ११ गाईघाट बजार बस्ने रुपक रौनियार रहेका छन् ।

उनलाई गाईघाट स्थित सगरमाथा डिपार्टमेन्टमा पटक पटक जुत्ता चोरेको आरोप छ । डाक्टर रौनियारले डिपार्टमेन्टमा रहेको बिभिन्न ब्रान्डको जुत्ताहरु चोरी गर्दै गरेको सिसि क्यामेराको फुटेजहरुमा हेर्न सकिन्छ ।

सो घटना स्थानीय मिडिया निगरानी पोष्ट डटकमको अफिसियल यूटुब च्यानल निगरानी टिभीबाट सार्वजनिक भएको थियो । डाक्टर रौनियारले कौलालीको धनगढी स्थित एक अस्पतालमा काम गर्दै आएका छन् ।

भिडियोः

Facebook Comments