मिडियामा समाचार प्रकाशन प्रशारणपछि विजुलीले नेपाने झिलिमिली

उदयपुर । नेपाल विद्युत प्राधिकारण उदयपुरको चरम लापरबाहीले निर्माणको क्रममा लथालिङ्ग बनेको विद्युत पुनःनिर्मापछि स्थानीयहरु झिलिमिली विजुली बत्तिमा बस्ने भएका छन् । झिलिमिली विजुली बत्ति बालेर बस्नेमा जिल्लाको त्रियुगा नगरपालिका १४ साउने स्थित नेपानेका स्थानीयहरु रहेका छन् ।

उनिहरु तिहारको अबसरमा बिहिबार अर्थात लक्ष्मिपुजाका दिनदेखि विजुली बत्ति गाउँमा पुगेपछि भिलिमिलीमा बस्ने भएका हुन् । विजुली बिजुली बत्ति एक समारोहबीच नेकपा माओवादी केन्द्र उदयपुरका युवा नेता किरण राईले बालेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता राईले अहिलेको सरकारले निम्न वर्गका जनतालाई निशुल्क विजुली होस् भन्ने हेतुले २० युनिटसम्म निशुल्क बनाएको बताए । उनले गाउँमा अधिकांशले २० युनिट भन्दा बढि बत्ति नबाल्ने भएपछि सरकारले निशुल्क बितरण गर्न लागेको बताए ।

उनले ओलि सरकारले यस्ता जनप्रिय काम गर्न नसकेको बताए । माओवादिसहितको गठबन्धन सरकारले जनतालाई निशुल्क विधुतको उद्देश्यले २० युनिट मुनि निशुल्क नीति लिएको उनको भनाई थियो ।

स्थानीय सरकारको ठोस पहल र गाउँलेहरुको निरन्तर प्रयासबाट गाउँमा विजुली बलेको वडाध्यक्ष कुरुङ राईले बताए । वडाअध्यक्ष राईले सरकार र स्थानीय सामुदायिक वनहरुसमेतको लगानीमा विजुली बलेको बताए ।

गाउँमा सबै फलामे पोल, तार टाँगिएपछि विद्युत सञ्चालन भएको हो । गाउँमा विजुली ट्रान्समिटर र घरघरमा मिटर जडानसहित ब्यवस्थितरुपले विद्युत विस्तार भएको छ ।

लामो समयदेखि नेपाल विद्युत प्राधिकारण उदयपुर वितरण केन्द्र गाईघाटको चरम लापरबाहीले निर्माणकै क्रममा लथालिङ्ग बनेको भन्ने समाचार यस निगरानी पोष्ट डटकममा प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि स्थानीय सरकारको पहल, स्थानीयबासीहरुको निरन्तर प्रयास र तत्कालित कार्यालय प्रमुख रोशनकुमार सिंहको ठोस पहलबाट विद्युत सञ्चानलमा आएको हो ।

Facebook Comments