



उदयपुर । उदयपुरमा ‘रन फर फन’ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागिहरुलाई जिल्ला खेलकुद समितिको कार्यालय अगाडीबाट चप्पनसम्म दौडाएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार उनिह्ररुले जिम्मा आठ किलोमिटर दौएिका थिए ।
जसमा १८ देखि ३५ बर्ष उमेर समुहमा प्रहरी जवान रमेश चौधरी प्रथम भएका छन् । दोस्रो स्थानमा शक्तिश्वर राईले गन्तव्य चुमेका थिएभने मनोज राईले तेस्रो स्थान प्राप्त गरेका थिए ।
त्यस्तै ३५ बर्ष उमेर समुह माथीका प्रतिस्पधीहरु मध्ये हवल्दार कालुप्रसाद उराउ भएका छन् । दोस्रो स्थानमा बिष्णु पाण्डेले गन्तव्य चुमेका थिएभने सरोज कोईराले तेस्रो स्थान प्राप्त गरेका थिए ।
यस्तै महिलातर्फ दौडमा उषा राई प्रथम भएकी छन् । दोस्रो स्थानमा कल्पना राउतले गन्तव्य चुमेका थिएभने सम्झना लामाले तेस्रो स्थान प्राप्त गरेका थिए । उनिहरुलाई नगदसहित प्रमाण पत्र बितरण गरिएको थियो ।