बिभिन्न मुद्धाका ४ जना फरार प्रतिवादी पक्राउ

उदयपुर । बिभिन्न मुद्धामा अदालतले सजाय सुनाएको ४ फरार प्रतिवादीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको चारै जना चौदण्डीगढी नगरपालिकाका हुन् ।

पक्राउ पर्नेहरुमा चौदण्डीगढी नगरपालिका ७ का हरिमान कटुवाल, चौदण्डीगढी नगरपालिका ९ का ३८ वर्षीय रमा कोईराला, चौदण्डीगढी नगरपालिका ४ बस्ने राजिव राईको छोरी ४७ वर्षीय जोगमाया राई र चौदण्डीगढी नगरपालिका ८ का रत्न बहादुर राईका छोरा बिजय थुलुङ राई रहेका छन् ।

पक्राउ परेको हरिमान कटुवाल र रमा कोईराला बिबाह मुद्धाका फरार प्रतिवादीहरु हुन् । उनिहरु काठमाण्र्डौँको थानकोटमा लुकीछिपि बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको हो ।

हरिमान पुर्पक्षको लागि कारागार चलान भएको व्यक्ति हो भने रमालाई ५५ हजार धरौटीमा तारेखमा छाडिएको थियो । यता जोगमाया राई किर्ते नागरिकतामा फरार रहेकी प्रतिवादी महिला हुन् ।

उनिलाई नागरिकताको किर्ते प्रमाण पत्र बनाई प्रचलनमा ल्याइएको आरोप छ । सोही आरोपमा राईलाई २० हजार धरौटीमा तारेखमा छुटाइएको थियो । त्यसैगरी बिजय थुलुङ राई भने जवरजस्ती करणीका फरार प्रतिवादी हुन् ।

उनिलाई वारदात पश्चात फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । राईलाई ५५ हजार धरौटी मागेकोमा धरौटी तिर्न नसक्दा कारागार चलान गरिएको थियो ।

Facebook Comments