रोकिरहेको अटोमाथी रुख ढल्दा एकको मृत्यु, तिन घाईते

उदयपुरगढी । अचानक ढलेको रुखले रोकिरहेको अटो किच्दा उदयपुरमा एक महिलाको मृत्यु भएको छ । उनको मदन भण्डारी राजमार्ग स्थित उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोमा रहेको अधेरी झर्ना नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

डिएसपी गौतमका अनुसार मृत्यु हुनेमा कटारी नगरपालिका ४ बस्ने बर्ष ३८ को निशा दनुवार रहेका छन् । प्र २–०१–००१ ह ०५६० नम्वरको रोकिएको अटोमा बसिरहेको समय अचानक बाटोमाथीको रुख लडेर अटोमाथि झर्दा उनको घट्नस्थलमै मृत्यु भएको हो । अटो नजिकै रहेको अन्य तिन जना मानिसहरु समेत घाईते भएका छन् ।

घाईते हुनेहरुमा मृतकको श्रीमान बर्ष ४० को श्याम दनुवार, कटारी नगरपालिका ४ बस्ने बर्ष २७ को मिना दनुवार र कटारी नगरपालिका ५ बस्ने अटो चालक बर्ष ४८ को कुमार तामाङ रहेका छन् । घाईते श्यामको हातमा सामान्य चोट लागेको छ ।

चालक कुमारको टाउ, हात र खुट्टामा गम्भिर चोट लागेको छ भने मिनाको हात र खुट्टामा सामान्य चोट लागेको छ । उनिहरु अधेरी झरना घुम्न आएको प्रहरीले जनाएका छन् । प्रहरीले जनाएअनुसार घटनास्थल नजिक रहेको स १० प ३२७२ नम्बरको मोटर साईकलमा समेत क्षति पुगेको छ ।

Facebook Comments