बेल्टार । किरात राई यायोख्खा उदयपुरका जिल्ला अध्यक्ष बलधन राईको आज निधन भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ बेल्टार निवासी बर्ष ४७ को राईको टाईफाईटको कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार केहिदिनदेखी सामान्य ज्वरो आउन थालेपछि उनलाई सोमबार धरान स्थित घोपा उपचारको लागि लाने क्रममा बाटोमै निधन भएको थियो । उनको आईतवार कोरोना एन्टिजेन्ट परिक्षण पनि गरिएको थियो ।
उनको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ । राई नेपाल आदिवासी जनजाती महासंघका जिल्ला उपाध्यक्षसमेत थिए । राईको श्रीमती एक छोरा र दुई छोरी छन । राईको दुःखद निधनले जिल्लावासिलाई अपुर्निय क्षेती पुगेको समाजसेवी भुपेन्द्र राईले बताए । राईको निधनप्रति हाम्रो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
Facebook Comments