साउनेमा प्रसुती स्वास्थ्य चौकी उद्धघाटन

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका १४ साउने स्थित प्रसुती स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ । वडा कार्यालय साउनेको आयोजनामा ४ कोठे भवनको उद्घाटन भएको हो ।

टुवाईले सहित ४ कोठा रहेको भवनको सोमबार त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले उद्घाटन गरेका थिए । त्रियुगा नगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा भवन निर्माण भएको वडाअध्यक्ष कुरुङ राईले बताए ।

अध्यक्ष राईका अनुसार भवन उद्धघाटनसँगै अहिले स्वास्थ्य सेवा संचालनमा आएको छ । भवन ३३ लाखमा निर्माण सम्पन्न भएको थियो । सो भवनमा प्रसुती स्वास्थ्य सेवा सञ्चालन गरिने वडासदस्य हेमराज मगरले बताए ।

सदस्य मगरका अनुसार अन्य बिरामीहरुलाई माझगाउँमा रहेको स्वास्थ्य कार्यालयबाटै सेवा दिईने छ । भवन उद्घाटनसँगै साउने चौकबाट डाडाटोल जाने सिडी बाटो उद्घाटन गरिएको छ ।

आर्थिक बर्ष ७७÷७८ मा नगरपालिकाको जनतासँग मेयर कार्यक्रम अन्तरगत बियोजित बजेटबाट दुई सय ५२ मिटर लम्बाई भएको सिडी बाटोको उद्घाटन गरिएको अर्का वडासदस्य लोकबहादुर बटुवालले बताए । सदस्य कटुवालका अनुसार १० लाखमा निर्माण भएको थियो ।

Facebook Comments