त्रियुगा । लामो समयदेखि पेटको बिरामी हुदै आएको उदयपुरका त्रियुगा नगरपालिका १४ साउने बस्ने बर्ष २४ की गंगादेबि राईलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ । रोजगारीको क्रममा मुलुकको बिभिन्न ठाउँमा रहेका नेपालीहरू र आफन्तहरुबाट उठेको तीन लाख १३ हजार पाँच सय नौ रुपैयाँ सहयोग जुटेको गंगादेबि राई बचाउँ अभियानका अध्यक्ष बेदबहादुर राईले बताए ।
अध्यक्ष राईका अनुसार सो सहयोग रकम आईतबार पीडित राईको आमा चतुरलक्ष्मी राईलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम वडाअध्यक्ष कुरुङ राई र आर्थिक अभियानका अध्यक्ष बेदबहादुर राईले चेकमार्फत संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
आर्थिक अवस्था कमजोर भएका राईको उपचारमा समस्या हुदै आएको छ । उनले लामो समयदेखि रगत वान्ता गदै आएको उनको आमा चतुरलक्ष्मी राईले बताईन् । आमाका अनुसार आर्थिक अभाबको कारण पीडित राईको हालसम्म रोग पत्ता लागेको छैन ।
अहिले आफन्तहरुको सहयोगमा पीडित राईको उपचार काठमाडौं स्थित पाटन अस्पतालमा उपाचार भईरहेको छ । पीडित राईको छ महिनाको छोरी छन् । उनको उपचारको लागि अभियानलाई निरन्तरता दिईनेसमेत आर्थिक अभियानका अध्यक्ष राईले बताए । अहस्तान्तरण कार्यक्रममा वडासदस्य हेमराज मगर, समाजसेवी कुमार राई, पत्रकार गजेन्द्र राई, टम्पशेर राई लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
भिडियोः