चौढण्डीगडिमा माओवादीको उमेद्वारी

गजेन्द्र राई
उदयपुर, ६ बैशाख ।  स्थानीय निर्वाचनको तयारी गर्दै नेकपा माओवादी केन्द्र उदयपुरले चौढण्ढीगडि नगरपालिकाको मेयर र उप–मेयरका लागि उमेद्वार सिफारिस गरेको छ । बिहिवार बेल्टारमा सम्पन्न एक बैठकले उमेद्वार सिफारिस गरेको हो । जसमा राजन किराती “बाबु” र सन्तोष सुबेदीको नाम मेयर पदका लागि सिफारिस गरिएको छ । त्यसैगरि उप–मेयरका लागि हिरा थापा (तिम्सिना) र मायादेबि राईको नाम सिफारिस गरिएको छ । जिल्लाको चार नगरपालिका मध्ये सो नगरपालिकामा माओवादी केन्द्र उमेद्वार सिफारिसमा पहिलो भएको छ । सिफारिस गरिएको उमेद्वारको नामहरु जिल्ला पार्टीले टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ ।
जिल्लाका अन्य नगरपालिकामा कुनै पनि राजनैतिक दलले उमेद्वारी सिफारिस गरिएको छैन । प्रायः जिल्लाका राजनैतिक दलहरु उमेद्वारको बिषयलाई लिएर आन्तरिक द्धन्दमा फस्दै आएको छ ।

ad

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *