माओबादीद्धारा पेस्तोल देखाएर सरकारी कर्मचारीको अपहरण

सञ्चार किराती
उदयपुर, ८ बैशाख ।  नेकपा माओबादी विप्लव समुह नेतृत्वको कार्यकर्ताले शुक्रवार उदयपुरमा एक गाउँपालिकाको प्राविधिक सहायकलाई अपहरण गरेको छ । अपहरण पर्नेमा जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ को ४६ बर्षीय प्राविधिक सहायक उद्धब ढुंगाना रहेको छ । ढुंगाना अपहरण परेको दुई घण्टापछि रिहा भईसकेको छ ।
सदरमुकाम गाईघाटमा रहेको गाउँपालिकाको सम्र्पक कार्यालयमबाट ढुंगानालाई अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार अपहरण परेको जानकारी पाए लगतै प्रहरीले खोजतलास सुरु गरेका थिए । ठूलो समुहमा आएका माओबादी कार्यकर्ताहरुले ढुंगानालाई दिउँसो एक बजे पेस्तोल देखाएर कार्यालयबाटै अपहरण गरेको प्रत्येक्ष दर्शिहरु बताउँछन् । स्थानीयहरुको अनुसार ढुंगानाले प्रयोग गर्दै आएको स.१.ब. ५८४ नम्बरको सरकारी मोटरसाईकल प्रयोगगरि उनलाई अपहरण गरेको थियो । अपहरणपछि ढुंगानालाई स्थानीय ढिम्की मन्दिर आसपास लगेका थिए । के कारणले अपहरण गरिएको आफुलाई केहि थहाँ नभएको रिहा भएको ढुंगानाले बताए । उता अपहरण गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी प्रमुख (एसपी) नरबहादुर केसीले बताए । एसपी केसीको अनुसार माओबादी कार्यकर्ताले नियन्त्रणमा लिएको केहि समय पछि छाडेका थिए । यता माओबादी जिल्ला इन्र्चाज केदार राईले भने आफुलाई घटनाको बारेमा केहि जानकारी नभएको बताएका छन् ।

ad

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *